पूर्वराष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट : स्वच्छ र भयमुक्त निर्वाचनका लागि साझा प्रतिबद्धता

समाचार

काठमाडौं,२१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आज सिंहदरबारमा सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा देशमा हालै भएका मानवीय तथा भौतिक क्षतिसम्बन्धी घटनाका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रधानमन्त्री कार्कीले स्पष्ट पार्नुभएको छ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जेनजी आन्दोलनले उठाएका भावनाअनुरुप भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गते हुने निर्वाचन सरकारका सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।

स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै पूर्वराष्ट्रपति भण्डारीको चासो, सुझाव र समर्थनले सरकारलाई थप ऊर्जा मिलेको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *