पर्सामा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ईनर्वा निवासी राजपुत पक्राउ।

समाचार

पर्सा, साउन १३। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ ईनर्वा निवासी ६५ वर्षीय रामजन्म सिंह राजपुत रहेका छन्। उनलाई साउन १२ गते अपराह्न करिब ४:०० बजे वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१८ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार २०८३ साल बैशाख ३१ गते राति करिब ११:०० बजे वीरगञ्ज महानगरपालिका–२२ मनियारीमा खेदन ठाकुर लोहारका भतिज सुमन कुमार शर्मामाथि समूहले घेरा हालेर फलामको रड र लाठी प्रहार गर्दा उनको हात भाँचिएको थियो। उक्त घटनापछि रामजन्म सिंह राजपुत फरार रहेका थिए।

लामो समयदेखि फरार रहेका उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *