सशस्त्र प्रहरी वल नेपाल पर्साद्वारा अबैध रुपले नेपाल भित्र्याएका भैंसी पक्राउ ।

समाचार

रसीद आलम, पर्सा ,११ साउन ।

सशस्त्र प्रहरी वलले अबैध रुपमा नेपाल भित्र्याएका भैंसीहरु तथा पाडाहरु पक्राउ गरेको जनाएको छ।

पर्साको बिन्दावासिनि गा.पा.-५ हसवा स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ७ लाख बराबरको १५ वटा भैसी र ११ वटा पाडा जम्मा गरि २६ वटा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको  छ ।

पक्राउ गरिएको भैसी र  पाडालाई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *