बारामा सवारी दुर्घटना,एकको मृत्यु तीन जना घाइते ।

समाचार

रसीद आलम, बारा, २१ असोज।

शनिबार ९:४५ बजेको समयमा बाराको पूर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु तीन जना घाइते भएको बारा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पूर्व पश्चिम लोकमार्ग अनतर्गत बाराको निजगढ न.पा. ८ मा नारायणघाटबाट धरानतर्फ जादै गरेको प्र. १-०-००१ ख ९७९३ नम्बरको बसले पिलुवातर्फ जादै गरेको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा उक्त मोटरसाइकल उछिटिएर सोही दिशातर्फ जादै गरेको ना ३ स ९२३७ नम्बरको ई- रिक्सामा ठोकी ई- रिक्सा अनियंत्रित भइ सोही दिशातर्फ जादै गरेकको प्र. २-०३-००१ ह १०६६ नम्बरको अटोमा ठोकिदा सवारी दुर्घटना भएको र उक्त दुर्घटनामा परी बाराको एक जना मानिसको मृत्यु भएको तथा ३ जना घाइते भएका छन् ।

फिल्मी स्टन्ट शैलीमा सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सो दुर्घटनामा परी बाराको कोल्बी न.पा.वडा नं.३ जुगवा बस्ने  बर्ष २० को दिनेश चौधरीको मृत्यू भएको हो। बाराको जितपुर सिमरा उ.म.न.पा.१६ बस्ने बर्ष २१ को कुल बहादुर थिङ,सोही बस्ने बर्ष २२ को सानतेन लामा र बाराकै निजगढ न.पा. वडा न.१२ लाल बस्ने बर्ष २४ को सुकराम बम्जन सख्त घाईते भएकाले बयोधा अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी गराएको छ।

चालक, सह-चालक र कन्डकटरलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

पक्राउ परेका बस चालक  सिराहा न.पा. वडा न. १२ बस्ने बर्ष ३० को अजय ठाकुर र अटो चालक बाराको निजगढ न.पा. वडा न.१२ बस्ने बर्ष २४ को सुकराम बम्जन रहेको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *