पर्सा : भन्सार छली चोरी पैठारीका सामानहरु बरामद ।

समाचार

रसीद आलम,बिरगंज ,२० असोज ।

पर्साको विभिन्न ठाउँबाट विभिन्न मितिमा भन्सार छली चोरी पैठारी गरी ल्याएको कुर्ता सुरुवाल, चिनी ,चामल , प्याज लगायत विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीले बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कुर्ता सुरवाल-९३ पिस, प्याज-२०९ के.जी.,चिनी-१७० के.जी.,चामल-१० बोरा र कोकाकोला-३२ पिस जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

रू.१ लाख १६ हजार २ सय ६५ बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *