रसीद आलम, बारा,१९ असोज ।
बाराको पथलैयामा अबैध सामानहरु सहित एक ट्रक पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
बिहीबार राति १०:३० बजेको समयमा बाराको जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट झापा तर्फ जादै गरेको ना.३.ख.१४३ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी सामानहरु लोड रहेको तथा श्रोत खुलाउन नसकेकोले सामानहरु सहित ट्रक नियन्त्रणमा लिईएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।
पक्राउ परेका ट्रकमा रहेका सामानहरुको रु.अठ्ठाईस लाख पचास हजार तिन सय तिरसठ्ठी बराबरको मुल्यांकन गरि आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले गराएको छ।