पालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको पहलमा जगरनाथपुर गाउँपालिकामा रहेको अतिक्रमण हटाउने कार्यमा तिब्रता।

समाचार

पर्सा ,फागुन १४।जगरनाथपुर गाउँपालिकामा रहेको अतिक्रमण गरि बनाएको घर टहरा स्थानीयहरुको सहयोगमा हटाउने काम तिब्र रुपले भईरहेको छ।

गाउँ पालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको सक्रियता मा तथा वडा न.३ को वडा अध्यक्ष श्री सुभाष यादव को पहलमा र स्थानीय बासीको सहयोगमा वडा न.३ को खलुचडी टोलमा घर टहरा हटाउने काम तिब्ररुपले भई रहेको हो।


बर्षौ देखी बाटोको सार्वजनिक जग्गा अतिक्रमण गरि घर ,टहरा , भकारी राखी बाटोमा आवत जावत समस्या भएकोले गाउँलेहरु संग छलफल गरि अतिक्रमण भएको बाटोलाई डोजर लगाई भत्काएर बाटोलाई फराकिलो बनाउने कार्य अगाडि बढाउने सहमति भएपछि हटाउने कार्य भएको हो अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी गराएका छन ।

उक्त छलफलमा वडा न.१ र २ को वडा अध्यक्ष क्रमशः लक्ष्मी साह,नेपाली कुशवाहा,नेता शहरुम गद्दी , भूषण यादव लगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *