चोरी पैठारीका सामानहरू पर्सा प्रहरी द्वारा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२४ असार ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको लेडिज कुर्ता सुरवाल, साडी र कष्मेटिक सामानहरू पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले  भन्सार छली चोरी पैठारी गरी ल्याएका लेडिज कुर्ता सुरवाल-५० पिस ,बच्चाको कुर्ता सुरवाल-५६ पिस,लेडिज कुर्ता सुरवाल-४१ पिस,साडी-५२पिस र कष्मेटिक सामानहरू-१६०पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ गरेको सामानहरुको रु.४ लाख ३० हजार मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *