बलात्कार आराेपमा २ जना पक्राउ

समाचार

काठमाडाै‌ं, २४ असार । बाग्लुङ र रुपन्देहीबाट बलात्कार आराेपमा एक एक जना पक्राउ परेका छन् ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्रउ गरेको हो ।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *