‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तिमी दमन गर्ने भूल लिएर नआऊ’

समाचार

काठमाडौं, ६ वैशाख । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।

‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

मिटरब्याजपीडितको आन्दोलनप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।


केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *