रसीद आलम,बिरगंज ,बैशाख ६।
जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय श्रीपुरले १९ लाख ५० हजार रकमसहित हुण्डीका कारोबार गर्ने तीन जना ब्यक्तिलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका अनुसार बैशाख ५ गते २:०० बजेको समयमा विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सडकखण्डबाट दुई जना संकास्पद व्यक्तिहरूलाई रोकी निजहरूको शरीर खानतलासी गर्दा जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले बोकेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रू.१ लाख ६० हजार र वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू.३ लाख ९० हजार गरी जम्मा नेपाली रु.पाँच लाख पचास हजार फेला परेको हुँदा उक्त रकम सहित दुबै जनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
त्यस्तै बैशाख ६ गते ११:०० बजे विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीकै कमाण्डमा खटिएको विशेष टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.११ स्थित सडकखण्डमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोले लगाएको हेल्मेट तथा मोटरसाइकलको वायाँ तर्फको भागमा फल्स ठाउँ बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रू.१४ लाख फेला परेको हुँदा निज छठु महतोलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा आजै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको प्रहरी नायब उपरीक्षक गिरिले बताएका छन् ।
