छपकैया १ को पुनम देबी हत्याकाण्ड:ईमरानले चोरी गर्ने उदेश्यले हत्या गरेको -पर्सा प्रहरी ।

समाचार

रसीद आलम, बिरगंज ,२१ असोज ।

पर्साको बिरगंज-१ छपकैयामा गत असोज १९ गते राति ३:३० को समयमा पुनम देबी हत्याकाण्ड भएको थियो।शुरुवाती सोधपुछको लागि सुनिल सरार्फलाई पक्राउ गरिएको थियोे तर अनुसन्धान हुँदै जादा सुनिल सरार्फको सग्नलनता नरेहेको हुदा प्रहरीले निजलाई छोडेको थियो।

अनुसन्धानको क्रममा नया मोड आयो र मुख्य आरोपी बिरगंज महानगरपालिका वडा नं.१ छपकैया बस्ने रसुल मियाँको छोरा बर्ष २५ को ईमरान मियाँ रहेको पर्सा प्रहरीले आज पत्रकार सम्मेलन गरि मियालाई सार्वजनिक गरेको छ।


प्रहरीका अनुसार आरोपी मियाले आफ्नो घरमा झगडा गरि वडा नं १ को वडा कार्यालयमा सुत्छु भनी गेट चढेर भित्र प्रवेश गरेकोमा भित्रको मूल ढोकाबन्द रहेको कारण  बाहिर निस्की नजिकै रहेको मृतक पुनम देवीको घरतर्फ गएको तथा अभियुक्त ईमरान मियाँ लागू औषध प्रयोग गर्नको लागि चोरी गर्ने उदेश्यले मृतकको घरको झ्यालको मदतले घरको छतमा चढी छतमा रहेको १ फिट लामो फलामको छड् उठाइ घरभित्र प्रवेश गरेको थियोे । घर भित्र प्रवेश गर्दा निज मृतक जितिया पर्बको लागि तयारी गर्न उठिसकेको अबस्थामा जम्काभेट हुदा महिला डराएर चिच्याउँदा आरोपी मियाले हाँतमा रहेको फलामको छड्ले मृतकको टाउकोमा प्रहार गरेको र मृतक वेहोस भई ढलेको कारण नजिकको कोठाको ओछ्यानमा लगी राखेको बयानमा बताएको छ।

कोठाको बत्ती बालेर हेर्दा महिलाको आँखा खुलेको देखि पुनः सोही फलामको छडले पटक पटक टाउकोमा प्रहार गरी घरको मूल ढोका खोलेर बाहिरबाट चुकुल लगाइ पूर्वतर्फ भागेको अनुसन्धानको क्रममा स्वीकार गरेको प्रहरीले जनाएको छ।

वारदातको समयमा लगाएका कपडाहरु नजिक रहेको नासि खोलामा फालेको तथा फलामको छड घटनास्थलबाट पुर्ब तर्फ रहेको धान खेतमा फालेको अबस्थामा बरामद भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

भारत विहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल पर्साको बिरगंज म.न.पा.वडा नं. १ छपकैया बस्ने गगनदेव प्रसादको श्रीमती बर्ष ४० की पुनम देबी राती खाना खाई आफ्नै सुत्ने कोठाको ओछ्यानमा एक्लै सुतेको अवस्थामा निजको आफ्नै दिदी निलम देवी साहले जितीया पर्वको पुजाको लागि उठाउन जाँदा बोलाउदा नबोलेको, घरको ढोका बाहिरबाट लगाएको अवस्थामा ढोका खोली हेर्दा टाउकोमा गहिरो चोट लागि गम्भिर अबस्थामा देखि तत्काल आफन्त बोलाइ उपचारको लागि नारायणी अस्पताल हुदै थप उपचारको लागि नेशनल मेडिकल  शिक्षण अस्पताल वीरगञ्जमा लगेकोमा उपचारको क्रममा निज पुनम देबीको मृत्यु भएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

मृतकको लाश पोष्ट मार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको, पोष्ट मार्टम पश्चात मृतकको लास मृतकको श्रीमान गगनदेव प्रसादको जिम्मा लगाईएको प्रहरी उपरीक्षक शाहले बताए  ।

शनिबार वीरगञ्ज म.न.पा.वडा नं.१ बाट  नियन्त्रणमा लिइएको ईमरान मियाँलाई आज सम्मानित जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको एसपी कोमल शाहले जानकारी गराएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *