रसीद आलम, बारा,११ साउन ।
बाराको विश्रामपुर गाउँ पालिका वडा नं. ४ बलिरामपुर गाँउको खेत स्थित दश गजा भन्दा १०० मिटर उत्तर नेपाल तर्फ रहेको राम प्रसाद साह कलवारको खाली खेतमा एक ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी बिश्रामपुर बाराका अनुसार विश्रामपुर वडा नं-४ बस्ने वर्ष ४० को पानालाल साह कलवारलाई स्थानियहरुले मृत अवस्थामा देख्नासाथ प्रहरीलाई विहान ७:४५ मा खबर गर्दा उक्त घटना स्थलमा प्रहरी पुगि शवलाई नियन्त्रणमा लिई उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भैईरहेको प्रहरी चौकीका प्रमुख वरिष्ठ सई बसन्त थापाले जनाएका छन् ।