बिरगंज ,२१ कार्तिक ।
प्रहरी चौकी ईनर्वाको प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष केसीको कमान्डमा लागु औषध सहित मकवानपुरका एक जना मानिस पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्तिक २० गते दिउँसो १२:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने तथा वीरगञ्जबाट भारततर्फ जाने व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा एक जना भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेको व्यक्तिलाई रोकी चेकजाँच गर्दा निजले कालो प्लाष्टीकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट ३५ पत्तामा ५२५ ट्याब्लेट फेला परेको हुँदा लागु औषध सहित निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेको मकवानपुर मनिहारी गा.पा.वडा नं.६ वर्ष ४० को कृष्ण बहादुर राईलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले बताए ।