ब्राउन सुगरसहित वीरगञ्जबाट दुई युवक पक्राउ

समाचार

वीरगञ्ज, १५ जेठ । पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै वीरगञ्जबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित क्षेत्रमा गरिएको प्रहरी कारबाहीका क्रममा ०.०९ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ बस्ने २१ वर्षीय विनोद लामा तथा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १२ निवासी २७ वर्षीय सुनिल क्षेत्री रहेका छन्।

प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवैमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरीले “लागुऔषध रहित समाज हाम्रो साझा प्रतिबद्धता” भन्ने नारासहित लागूऔषधको बेचबिखन तथा ओसारपसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *