धनुषाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही, ३ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद

समाचार

जनकपुरधाम, असार २ । सशस्त्र प्रहरी बल, नेपालले धनुषाको सीमा क्षेत्रमा अवैध रूपमा भित्र्याइएको करिब ३ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार धनुषाको विदेह नगरपालिका–२, गोब्राहीस्थित सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले नियमित गस्ती तथा निगरानीका क्रममा उक्त लत्ताकपडा बरामद गरेको हो। प्रहरी टोलीलाई देख्नेबित्तिकै तस्करीमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।

बरामद गरिएको लत्ताकपडाको अनुमानित मूल्य करिब ३ लाख रुपैयाँ रहेको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। नियमित गस्ती तथा विशेष अपरेशनका कारण अवैध कारोबार नियन्त्रणमा प्रभावकारी सफलता मिलिरहेको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *