सशस्त्र प्रहरीले पर्साको अलौबाट ६ लाख बराबरको कपडा र अटो बरामद

समाचार

पर्सा, १४ बैशाख ।

सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले अटोसहित करिब ६ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा सो भन्सार छलिएका कपडा नियन्त्रणमा लिएको हो।

गुल्म अलौ सिमानाका नजिकै केही व्यक्ति भन्सार छल्दै कपडा तस्करी गरिरहेको सूचनाका आधारमा खटिएको टोली देखेपछि तस्करहरू अटो र कपडा छाडेर फरार भएका थिए।

सशस्त्र प्रहरीले बरामद गरिएको कपडा र अटो आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको डिएसपी पुजाराले जानकारी दिएका छन्।


 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *