सिमरामा डिएसपी जोशीको नेतृत्वमा ५२ लाख बराबरको भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा

समाचार

बारा, साउन १०।
जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ठूलो मात्रामा भन्सार छली गरिएको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीको नेतृत्वमा खटिएको टोलीले साउन ९ गते राति करिब १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–२, सिमरा चौकस्थित राजमार्गमा वीरगंजबाट नारायणगढतर्फ गइरहेको ना.४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि जाँच गर्दा, ट्रकमा लोड गरिएको सामान बिल-बिजकसँग नमिल्ने पाइएपछि भन्सार छलीको आशंका गरिएको हो।

प्रहरीका अनुसार उक्त ट्रकबाट अन्दाजी ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको कपडा, साइकल पार्ट्स, केमिकल, विभिन्न किसिमका औषधि लगायतका खुद्रा सामानहरू बरामद गरिएको छ।

बरामद गरिएको ट्रक र सामानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *