वीरगंज, १० साउन । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको छपकैया प्रहरी बिटले सामुदायिक सेवामूलक कार्य गर्दै सर्वसाधारणका लागि विश्रामस्थलको व्यवस्था गरेको छ।
प्रहरी सहायक निरीक्षक पैगम्बर अन्सारीको सक्रियतामा वीरगंज महानगरपालिका–२ का वडा अध्यक्ष मोहम्मद रेयाज मियाँको सहयोगमा प्रहरी बिट परिसरमा कंक्रीट बेञ्च निर्माण गरिएको हो।
सार्वजनिक स्थानमा विश्राम गर्न सहज होस् भन्ने उद्देश्यका साथ गरिएको यस पहलप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया जनाएका छन्। वडा अध्यक्ष मियाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
छपकैया प्रहरी बिटको यो कदमले प्रहरी–समुदाय सम्बन्ध सुदृढ गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।
