काठमाडौं,१२ असार । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सशस्त्र प्रहरी बललाई उद्धार तथा राहत कार्यमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो। हस्तान्तरण गरिएका सामग्रीले बाढी, पहिरो, डुबान, आगलागी तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार कार्यलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सन् नेपाल लाइफका प्रतिनिधिहरूले विपद्का समयमा अग्रपङ्क्तिमा रहेर नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बलको भूमिकाको प्रशंसा गर्दै संस्थागत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी बलका अधिकारीहरूले कम्पनीप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले विपद् व्यवस्थापन तथा उद्धार अभियानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल लाइफले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।
