पर्सा, १३ असार । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ असार १३ गते साँझ करिब ५ बजे पर्साको पकाहामैनपुर गाउँपालिका–१, धोरे सिधौलिया क्षेत्रबाट जबरजस्ती करणी मुद्दामा फरार रहेका पकाहामैनपुर गाउँपालिका–४ निवासी ३४ वर्षीय तवरेज देव आलमलाई पक्राउ गरिएको हो।
फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आलमलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले गम्भीर प्रकृतिका अपराधमा संलग्न फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तर तीव्र बनाउँदै कानुनी दायरामा ल्याउने कार्य जारी रहेको जनाएको छ।
