चितवनबाट हराएका तीन बालबालिका पर्सा प्रहरीद्वारा सकुशल फेला, अभिभावकको जिम्मा लगाइयो

समाचार

वीरगञ्ज, १३ असार । चितवनबाट हराएका दुई जना बालिका र एक जना बालकलाई पर्सा प्रहरीले खोजतलास गरी सकुशल फेला पारेपछि अभिभावकको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चितवनबाट हराएका तीनै जना बालबालिकाको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै प्रहरीले उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारेको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी तीनै जनालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बालबालिका हराउने घटनामा तत्काल सूचना उपलब्ध गराउन सबैमा आग्रह गर्दै समयमै जानकारी प्राप्त भए खोजी तथा उद्धार कार्य प्रभावकारी हुने जनाएको छ।

साथै, बालबालिकाको सुरक्षा र संरक्षणका लागि अभिभावकलाई थप सचेत रहन पनि अनुरोध गरेको छ।
यस घटनाले हराएका बालबालिकाको खोजी तथा उद्धारमा पर्सा प्रहरीको सक्रियता र संवेदनशील भूमिकालाई पुनः पुष्टि गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *