बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

समाचार

बैतडी, १५ चैत । बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।

उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताए। डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन्।

विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो। परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिताले बाटोमै आत्महत्या गरेकी हुन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *