गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा प्रभाव जमाउन खोज्ने युवक पक्राउ

समाचार

काठमाडौं, १४ असार । आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच कायम गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग आबद्ध जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच र प्रभाव जमाउन प्रयास गरेका थिए। शंकास्पद गतिविधिका आधारमा उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानबाट घटनाको वास्तविकता तथा अन्य सम्भावित संलग्नताबारे समेत खुल्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *