भन्सार छली ल्याइएको किराना सामान र दुई मोटरसाइकल बरामद

समाचार

बारा, असोज ५ । भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको रु. ४ लाख ३६ हजार २८० बराबरको किराना सामानसहित दुईवटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।

बिश्रामपुर गाउँपालिका–५, इटियाहीस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमाण्डमा खटिएको पाँच जनाको मोबाइल गस्ती टोलीलाई देखेपछि तस्करहरूले भारतबाट भन्सार छली ल्याउँदै गरेको किराना सामानसहितका मोटरसाइकल छाडेर फरार भएका थिए।

गस्ती टोलीलाई देखेपछि ना.५४ प ००२२ना.११ प ३५२४ नम्बरका दुईवटा मोटरसाइकलमा लोड गरिएको किराना सामान तथा मोटरसाइकल छाडेर सम्बन्धित व्यक्ति फरार भएका हुन्।

सशस्त्र प्रहरीले घटनास्थलबाट दुईवटा मोटरसाइकल र किराना सामान गरी जम्मा रु. ४ लाख ३६ हजार २८० बराबरको सामग्री बरामद गरेको जनाएको छ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि सोही दिन साँझ ६ः३० बजे वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *