नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन ‘Police Baton २०८३’ : वीरगञ्ज प्रदेश प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण

समाचार

वीरगञ्ज ,५ असोज । नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन कार्यक्रम ‘Police Baton २०८३’ अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज पर्साको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।

२०८३ असोज ५ गते सम्पन्न अनुगमन तथा मूल्याङ्कन कार्यक्रममा ‘Police Baton २०८३’ केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहको नेतृत्वमा रहेको टोलीले प्रदेश प्रहरी कार्यालय वीरगञ्जको समग्र काम–कारबाहीको निरीक्षण गरेको हो।

टोलीले कार्यालयको भौतिक पूर्वाधारको अवस्था, उपलब्ध स्रोत–साधनको व्यवस्थापन, अपराध अनुसन्धान, प्रहरी कार्य, मानवस्रोत व्यवस्थापन तथा विभिन्न शाखाबाट सम्पादन हुँदै आएका कार्यहरूको स्थलगत निरीक्षण तथा मूल्याङ्कन गरेको थियो।

अनुगमनका क्रममा केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी शाहले कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो। त्यस अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले कार्यालयको समग्र काम–कारबाही, उपलब्धि तथा व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा एआईजी शाहले कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रहरी सेवाको प्रभावकारिता, अनुशासन, व्यावसायिकता, अपराध अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवामा थप केन्द्रित हुन निर्देशन दिनुभएको थियो।

‘Police Baton’ मूल्याङ्कनमार्फत प्रहरी कार्यालयहरूको कार्यसम्पादन, स्रोत–साधनको उपयोग, अनुसन्धान क्षमता, व्यवस्थापन तथा सेवा प्रवाहलगायतका पक्षको समग्र मूल्याङ्कन गर्ने गरिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *