भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी सहायक हवल्दार जितेन्द्र यादव

समाचार

वीरगञ्ज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ भदौ महिनाको ‘BEST POLICE OF THE MONTH’ का रूपमा वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादवलाई घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम यादवलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।

उत्कृष्ट प्रहरी घोषित यादवलाई प्रहरी उपरीक्षक भट्टराईले प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रहरी संगठनले उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको लगनशीलता, अनुशासन तथा प्रहरी सेवामा पुर्‍याएको योगदानका आधारमा प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ। यादवको छनौटले अन्य प्रहरी कर्मचारीलाई समेत थप जिम्मेवार, अनुशासित र सेवामुखी भएर कार्यसम्पादन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *