संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता

राजनीति समाचार

काठमाडौं, १० असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री आज स्वदेश फर्किएका छन्। न्युयोर्कबाट काठमाडौं अवतरण गर्नुभएका प्रधानमन्त्रीको आगमनबारे परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन (प्रेस ब्रिफिङ) गरी औपचारिक जानकारी गराएको हो।

महासभामा भाग लिन मङ्गलबार साँझ अमेरिका पुगेका प्रधानमन्त्रीले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपालको राष्ट्रिय प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विश्व राजनीतिबारे नेपालको प्रस्ट धारणा प्रस्तुत गरेका थिए।

विशेष गरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा सिर्जना भइरहेको सङ्कटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई यसैको प्रत्यक्ष उदाहरणका रूपमा उल्लेख गरेका थिए।

अमेरिका भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न देशका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल समेत गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *