विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

बिदेश राजनीति समाचार

काठमाडौं,१७ पुस । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका-११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र  नवलपरासीपूर्व बौदीकाली गाउँपालिका-१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार र मंगलबार पक्राउ गरेको हो। गणशबहादुरलाई सोमबार सिनामंगल र शान्तिलाई बानियाटारबाट मंगलबार पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र शान्तिले हंगेरी पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट १७ लाख ५० हजार रुपैयाँ ठगेको आचार्यले बताए।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *