पाल्पामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता, उद्धारका लागि प्रहरी परिचालन

समाचार

पाल्पा ,११ असोज । अविरल वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३, भसकट्टामा पहिरो खस्दा घर पुरिएर तीन जना बेपत्ता भएका छन्।

आइतबार  बिहान करिब ४ः३० बजे वर्षाका कारण खसेको पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरिएको हो। पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।

घटना लगत्तै बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। लगातार वर्षा र पहिरोको जोखिमबीच उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

बेपत्ताको अवस्था पत्ता लगाउन स्थानीयवासीको समेत सहयोगमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *