बारामा करेन्ट लागेर ४५ वर्षीया सिरिया देवी महतोको मृत्यु

समाचार

बारा,२४ असोज  । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेहरी निवासी रामचन्द्र महतोकी श्रीमती अन्दाजी ४५ वर्षीया सिरिया देवी महतो रहेकी छन्।

प्रहरीका अनुसार २०८३ असोज २४ गते दिउँसो करिब १:५० बजे आफ्नै घरपछाडि सरसफाइ गर्ने क्रममा सिरिया देवी अचानक नाङ्गो विद्युत् तारको सम्पर्कमा आएकी थिइन्। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उनका श्रीमान् रामचन्द्र महतोले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमान्डमा SOCO सहितको मुचुल्का टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार मृतकको शव हाल सिटी स्टार अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

विद्युत् जोखिमबाट बच्न घरआँगन तथा वरपर रहेका नाङ्गा तारबाट सावधानी अपनाउन आवश्यक देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *