बारा ,२० कार्तिक । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी निरीक्षक प्रकाश खडकालाई २०८३ असोज महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम प्रहरी निरीक्षक खडकालाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्नुभएको हो।
जिल्ला प्रहरी कार्यालय बारा अपराध अनुसन्धान शाखामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय बारामै कार्यरत प्रहरी निरीक्षक खडकालाई उहाँले निर्वाह गरेको जिम्मेवारी, कार्यसम्पादन तथा प्रहरी सेवामा पुर्याएको योगदानको कदरस्वरूप उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
पुरस्कार वितरण कार्यक्रममा एसपी कुँवरले प्रहरी निरीक्षक खडकालाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पनि जिम्मेवारीप्रति थप प्रतिबद्ध, इमानदार र व्यावसायिक रूपमा प्रहरी संगठनको छवि उच्च राख्ने गरी कार्यसम्पादन गर्न प्रेरित गर्नुभएको थियो।
महिनाको उत्कृष्ट प्रहरी छनोटले प्रहरी कर्मचारीमा कामप्रतिको उत्साह, जिम्मेवारीबोध र व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
