एयरपोर्टबाट दुई किलो सुन बरामद, पक्राउ परे दुई चिनियाँ महिला

समाचार

काठमाडौं, ९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा धेरै सुनसहित दुईजना चिनियाँ महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ छन् ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले समातेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट दुई किलो ३४८ ग्राम तौल बराबरको सुन बरामद भएको छ ।

बरामद भएको सुन र पक्राउ परेका महिलाको विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनीहरूलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *