रसीद आलम,पर्सा ,चैत ९।
बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट चितवनतर्फ लैजादै गरेको छ भन्ने गोप्य सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चैत ८ मा राती ११:४५ को समयमा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट जय बजरंगवली ट्रान्सपोर्टको ना.२ ख ८६४८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको तथा बिल विजक संकास्पद रहेकाले सो ट्रकलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा तथा लत्ताकपडाहरूको रू.अठार लाख अठहत्तर हजार तिन सय एकान्वे बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी गराएका छन् ।
