लियो जिल्ला परिषद ३२५ आरको पहिलो वार्षिक सम्मेलन सम्पन्न

समाचार

काठमाडौं, २९ चैत

लियो जिल्ला परिषद् ३२५ आरले चैत २५ गते काठमाडौको शान्तिनगरमा पहिलो वार्षिक जिल्ला सम्मेलन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ।

वर्तमान जिल्ला अध्यक्ष लियो पुरुषोत्तम सुवेदीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा लियो बर्ष २०२३/२४ का लागि जिल्ला अध्यक्षमा लियो किरण लामिछाने र उपाध्यक्षमा लियो ललन कुमार महतो निर्विरोध निर्वाचित भएका छन्। सोही दिन नै जिल्ला परिषद्‌ले तेस्रो काउन्सिल बैठक पनि बसेको छ।

बैठकमा जिल्लालाई कसरी अघि बढाउने, लियोहरूको सहभागिता, ज्ञान, क्षमता र व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्य राखी विभिन्न एजेण्डाहरूमा छलफल गरिएको कार्यक्रम संयोजक लियो दिपेश तिखत्रीले जानकारी दिए।

पहिलो वार्षिक जिल्ला सम्मेलन तथा तेस्रो काउन्सिल बैठकमा विभिन्न ब्यवसायिक कम्पनी, ब्यवसाय साथै संस्थाको संलग्नता रहेको थियो। जसमा एजुकेशनल पार्टनरमा कान्तिपुर सिटी कलेज रहेको थियो। मेडिकल पार्टनरमा रिलाइएबल डाइग्नोष्टिक लेबोरेटरी, पेमेन्ट पार्टनरमा सजिलो पे र कम्युनिकेशन पार्टनरमा वर्ल्ड लिंड कम्युनिकेशन जोडिएको थियो।

त्यसैगरी क्लोथिङ. पार्टनरमा केटीएम सिटी, मिडिया पार्टनरमा नेपाल समय साथै आउटरिच पाटनरमा क्रिएटिड अपरचुनिटिज आबद्ध भएका थिए। क्षेत्र नम्बर १ ले सञ्चालन गरेको सो  सम्मेलनमा जेब्रा एक्सिलेन्स, पिके ब्ल्याक हाउस एण्ड रेष्टुरेण्ड, एस.एम एभरेष्ट इलाक्ट्रिसिटी, निम्स इष्टिच्युट साथै लियो क्लब अफ काठमाडौं मनास्लु लायन्स क्लब सपोर्टिङ पार्टनरका रूपमा जोडिएको संयोजक तिखत्रीले बताए।

सम्मेलनमा ‘फण्ड रेजिङ्ग प्रोग्राम’ का रूपमा “एरिया – १ लियो मेला” पनि संयोजन गरिएको थियो। जसमा लियो क्लब अफ काठमाडौं मनास्लु साथै लियो क्लब अफ निर्भानाले स्टल राखेका थिए। सम्मेलन तथा बैठकमा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट करिब दुई सय युवाहरूको सहभागिता रहेको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *