काठमाडौंबाट गाँजासहित दुई जना पक्राउ

समाचार

काठमाडौं, २९ चैत

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

३ सय ५० ग्राम गाजासहित सोही ठाउँ बस्ने काभ्रे घर भएका १७ वर्षीय किशोरसमेत दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *