सर्लाहीबाट अबैध गाँजा सशस्त्र प्रहरी बलद्वारा पक्राउ ।

समाचार

रसीद आलम,३ जेठ ।

अबैध गाँजा १६६ केजि सशस्त्र प्रहरी  बल, नेपाल नं. १० गण हे.क्वा. सर्लाहीले पक्राउ गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार जेठ २ गते  राति १०:४० को समयमा जिल्ला सर्लाही, मलंगवा नगरपालिका वडा नं. ९ स्थित सीमा ईलाकामा बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हे.क्वा. सर्लाहीका मातहतमा पर्ने  प्रस्तावित सीमा सुरक्षा गुल्म, मलंगवाबाट खटिएको गस्ती टोलीले प्रतिबन्धित लागुऔषध गाँजा १६६ के.जी. पक्राउ  गरेको छ।

नेपालबाट भारततर्फ लैजाने क्रममा  तस्करहरुले सशस्त्र प्रहरी बल, नेपालको डिउटी टोलीलाई देखि सीमा क्षेत्रम उक्त परिमाणको गाँजा छाडी तस्करहरु फरार भएका थिए।

नियन्त्रणमा लिएको गाँजा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय, सर्लाही मलंगवामा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जनाएको  छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *