सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा श्रोत नखुलेको अवैध रकम सहित व्यक्ति पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,२२ असार  ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साले श्रोत नखुलेको अवैध ४ लाख नेपाली रुपैया सहित सवारी साधन र एक व्यक्ति पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

विशेष सुचनाको आधारमा भन्सार मुलगेट स्थित चेकप्वाईन्ट टोलिले भारतबाट नेपालतर्फ आईरहेको प्रदेश २-०३-०१६ प १९३० नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा भारत पुर्वी चम्पारण वाजितपुर पोष्ट पञ्चायत ४ वस्ने अन्दाजी वर्ष ३७ का राकेश जयसवालले स्कुटरको डिकीमा लुकाई छिपाई नेपाल भित्र्याएका उक्त रकम बरामद गरि निजलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साका गणपति डिएसपी रामजङ्ग पाण्डेले बताएका छन् ।

उक्त पक्राउ गरिएको श्रोत नखुलेको ४ लाख रुपैया, नियन्त्रणमा लिईएको स्कुटरको १ लाख पाँच हजार मुल्याङकन गरी स्कुटर, नगद र व्यक्तिलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको गुल्मले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *