पर्सामा सशस्त्र प्रहरीद्वारा रु. ६ लाखभन्दा बढीको सामान बरामद, प्रतिबन्धित ब्रोईलर चल्ला नष्ट

समाचार

पर्सा, साउन ३१ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले साउन ३० गते भारतबाट अबैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामानसहित प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ।

गणबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१४, गण्डक चोकमा भारतबाट ल्याइएका कपडा, किराना सामग्रीसहित BR 22B 8403 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। बरामद सामानको मूल्य रु. १,८८,४१० र प्रयोग भएको मोटरसाइकलको मूल्य रु. १,००,००० गरी कुल रु. २,८८,४१० बराबरको वस्तु आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

यस्तै, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको अर्को टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–३, भलवा स्थित नेपाल–भारत दशगजा क्षेत्रमा भारतबाट चोरी निकासी गरी ल्याइएका ब्रोईलर कुखुरालाई नियन्त्रणमा लिएको थियो। पशु क्वारेन्टाइन प्रतिनिधि, पत्रकार, स्थानीय जनप्रतिनिधि र नेपाल प्रहरीले उपस्थितिमा खाडल खनी कुखुरा नष्ट गरिएको हो। सो क्रममा प्रयोग भएको BR 05 AE 1916 नम्बरको भारतीय मोटरसाइकल (मूल्य रु. १,५०,०००) पनि नियन्त्रणमा लिएर भन्सारमा बुझाइएको छ।

त्यस्तै, प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको अर्को टोलीले वीरगंज महानगरपालिका–११, रानीघाटबाट भारततर्फबाट ल्याइएका रु. ५९,२५० बराबरका कपडा, किराना सामान र प्रयोग भएको ना. ३८ प ९०५८ नम्बरको मोटरसाइकल (मूल्य रु. १,००,०००) नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सारमा बुझाएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराका अनुसार तीनवटै कारबाहीबाट रु. ६,०७,६६० बराबरका सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएर भन्सारमा बुझाइएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *