अवैध रूपमा विदेश लैजान लागेको विभिन्न मुद्रासहित एकजना पक्राउ

समाचार

काठमाडौं, २६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान,१ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान सहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *