गौशाला नगरपालिकाले गर्‍यो सर्वाेच्च अदालतको आदेश अवज्ञा

राजनीति समाचार

 

महोत्तरी, १ साउन । गौशाला नगरपालिकाले अदालतको आदेश पालनामा अटेर गरेको छ । नगरसभा कार्यान्वयन नगर्न दिएको आदेशविपरित नगरले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो ।

उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमा सर्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई यथावत राखी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

 

सर्वोच्च अदालतको निमावली, २०७४ को नियम ४९(२) (ख) बमोजिम नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भए पनि त्यसको अवज्ञा भएको छ ।

 

नगरप्रमुख दिपेन्द्र महतोले नगरलाई कुनै आधिकारिक पत्र प्राप्त नभएको हुनाले नीति तथा कार्यक्रमलाई औपचारिकता दिएको बताए ।

‘सामाजिक ञ्ंजालमा कसले के हाल्छ, हामीपछि लाग्न सक्दैनौँ । तर, हामीलाई अदालतले अहिलेसम्म औपचारिक पत्र पठाएको छैन,’ उनले भने, ‘अदालतले कार्यालयमा पत्र पठाएमा हामी निर्णय मान्न तयार हुनेछौँ ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *