रसीद आलम ,बिरगंज ,५ साउन ।
सशस्त्र प्रहरी पर्साले तस्करीको आशंकामा एक स्कुल बसलाई नियन्त्रणमा लिएको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले भन्सार छलीका समान सहित स्कुलको बस नियन्त्रणमा लिएको जनाएको छ।
प्रदेश २-०३-००१ क ०११६ नम्बरको दिल्ली पब्लिक स्कुलको बसले आफ्नो स्कुलमा अध्यायनरत रक्सौल निवासि बिद्यार्थीहरुलाई भारतको रक्सौल छोडी नेपालतर्फ आउने क्रममा अबैध रुपमा भन्सार छली बसमा लुकाई छिपाई लोड गरी नेपाल तर्फ अबैध रुपमा सामानहरु ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोली बिरगंज भन्सार मेनगेट स्थित चेकप्वाईन्टबाट रु. २ लाख ६३ हजार ७ सय बराबरको कपडा तथा मोविल लगाएतका सामानहरु सहित स्कुल बसका चालक बारा परवानीपुर गा.पा.-४ बस्ने बर्ष ३२ को किशोरी राम र सह चालक पर्सा बिमनपा-११ श्रीपुर बस्ने बर्ष ४२ को दिपक गिरी लाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
उक्त बसको रु. ३० लाख मुल्याङ्कन गरि बस र समान सहित निज चालक र सह-चालकलाई आबश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले जनाएका छन् ।
गुल्म बीरगंजबाट नै खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली बिआर ०५ एके १३२१ नम्बरको स्कुटर तथा बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको रु. ८ लाख ८६ हजार २ सय ८० बराबरको किराना सामान, कपडा, डाटा केबल र व्यक्तिले प्रयोग गर्ने नर्मल औषधी सहित स्कुटर नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएको स्कुटरको रु.१ लाख २५ हजार मुल्याङ्कन गरी जम्मा रु. १० लाख ११ हजार २ सय ८० बराबरको सामान तथा स्कुटरलाई आबश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंह बताए।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पोखरियाबाट खटिएको टोलीले पोखरिया नं.पा.-२ बकाहबाट भारतबाट अबैध रुपमा भन्सार छलि ल्याई बिभिन्न स्थानमा लुकाई छिपाई राखेको रु. ६ लाख ३६ हजार १ सय ६५ बराबरको बदाम,लावा मिठाई, नरिवल, चिउरा, चिनि र चामल नियन्त्रणमा लिई आबश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
