गोली लागेका युवकको निधन

समाचार

विराटनगर, ५ साउन । सुनसरी-धरान सडकखण्डमा गोली प्रहारबाट घाइते भएका विराटनगरका एक युवकको ज्यान गएको छ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएकोमा उनको ज्यान गएको हो।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेकोमा चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *