मकवानपुर प्रहरीद्वारा ५८४ एम्पुल लागु औषध डाईजेपाम सहित बिरगंजका दुई जना पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज,१६ साउन ।

मकवानपुर प्रहरीले ५८४ एम्पुल लागु औषध डाईजेपाम सहित दुई जना बिरगंज निवासीलाई पक्राउ गरेको जनाएको छ।

सोमबार बिहान् ११:५५ को समयमा प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको सन्युक्त प्रहरी टोलीले मकवानपुर हे.उ.म.न.पा.वडा नं. १० स्थित बसपार्कमा बिरगंजबाट हेटौडातर्फ आउदै गरेको ना ६ ख ८९३७ नम्बरको  यात्रुबाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १६ बस्ने बर्ष १९ को महमद ईमरान मन्सुर र वडा नं. १ बस्ने बर्ष १९ को सुनिल साहलाई शंका लागी निजहरुलाई बस बाट ओराली  निजहरुको शरीर तथा झोलाको खानतलासी गर्दा महमद ईमरान मन्सुरले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अबस्थामा लागु औषध डाईजेपाम १९९ एम्पुल, फेनर्गन १९५ एम्पुल, बुप्रिनुर्फिन १९० एमपुल गरी जम्मा ५८४ एम्पुल फेला परेको हुंदा उक्त लागु औषधसहित निजहरुलाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ।

उक्त सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *