रसीद आलम, बिरगंज ,२० भदौ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस” को उपल्क्ष्यमा मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि कार्यक्रम बी.म.न.पा.वडा नं.२ स्थित ईदगाह चोकमा मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि जनचेतना मुलक कार्यक्रममा पर्चा पम्पलेट बितरण तथा झिंङ्गर वजाई सन्देश मुलक कार्यक्रम सम्पन्न भएको सामुदायिक केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका छन्।

मानवलाई अरु देशमा वेचबिखनबाट जोगाउन के कस्ता उपायहरु अपनाउनु पर्छ , खास गरि महिलाहरुलाई छिमेकी मुलुकमा विभिन्न प्रलोभन देखाइ लगेर बेच्ने कार्यलाई नियन्त्रण गर्ने , सो सम्बन्धमा महिलाहरुलाई सुरक्षीत तथा सतर्क रहन जनचेतनामूलक कार्यक्रम गरि नेपालको संविधानमा रहेका ऎन कानुनको बारेमा जानकारी गराईने,मानव वेचबिखन कार्य गर्नेलाई संविधानले तय गरेको कानुनी कार्वाही तथा सजाय जस्ता आदि सन्देशमुलक कार्यक्रम गरिएको अध्यक्ष ठकुराईले जानकारी गराएका छन्।
सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा समिति कार्यालय वडा नं.२ का वडा सदस्य वसिर मिया हजामको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो।
सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष लालदेव प्रसाद यादव , सचिव प्रबिण बिक्रम शाह ,कोषाध्यक्ष प्रेम कुमारी सिंह , जिल्ला प्रहरी कार्यालय पर्साका प्र.स.नि. बल बहादुर तमाङ्ग ,वडा प्रहरी कार्यालय विर्ताका प्र.स.नि. रन्जित कुमार ठाकुर , प्रहरी चौकी ईनर्वाका प्र.ब.ना.नि. संन्तोष केसी , प्र.ह.उपेन्द्र प्रसाद यादव , प्र.स.ह. दिपमान राई , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।
