रसीद आलम,बिरगंज ,२१ भदौ ।
बिल बिजक भन्दा बढी केमिकल्स तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रकलाई बुधबार राति १०:४५ को समयमा पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।
वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा बा.प्रदेश ०१-००६ ख २७३१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।
सो पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको सामानहरुको रू. ४१ लाख ५२, हजार ३ सय १९ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।