नेपाल अमेरिकासँग पराजित

खेलखुद समाचार

काठमाडौँ,१८ कार्तिक  । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ । यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो ।

यो जितपछि अमेरिका लिग-२ को शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १२ खेलमा १६ अंक भएको छ । त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ ।

अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *