रसीद आलम,वीरगंज, २२ भदौ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजद्धारा प्रतिबन्धीत भारतिय नोट ५ लाख सहित एक ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ
बिहीबार वीरगंज म.न.पा-१६भन्सार स्थित सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको अटो चेकजाँच गर्ने क्रममा उक्त अटोमा सवार भारत जि.पश्चिम चम्पारण नरकटियागंज नगरपंचायत-१५ महात्मागान्धी मार्ग बस्ने बर्ष ६३ को बिनोद कुमारको साथमा रहेको झोलाबाट नेपाल सरकारबाट प्रतिबन्धीत भारतिय नोट ५०० दरको १००५ थान, २०० दरको १ थान गरि जम्मा ५ लाख २ हजार ७ सय भारु नोट फेला पेको हुदाँ उक्त रकम सहित निज ब्यक्तिलाई नियन्त्रणमा लिईएको गुल्मका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक बिष्ट्ले जनाएका छन् ।
पक्राउ गरेको ब्यक्ति र प्रतिबन्धित नोटलाई आवश्यक कार्यवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा पठाईएको जानकारी गुल्मले गराएको छ।
