पर्सा प्रहरीद्वारा मापदण्डभन्दा बढी भाडा लिने दुई जना पक्राउ।

वीरगञ्ज, २७ कार्तिक। कार्तिक २७ गते बिहान ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्कमा मापदण्डभन्दा बढी भाडा लिने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। सर्वसाधारण यात्रुहरूले सार्वजनिक बस, हाईस तथा सुमो सवारी साधनमा बढी भाडा लिने गरेको गुनासो प्रहरी कार्यालयमा गरेका थिए। गुनासोको आधारमा प्रहरी टोलीले लामो दूरीका सार्वजनिक सवारी […]

पुरा पढ़नुश

सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाडौँ ,२७ कार्तिक । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई यात्रु वाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न […]

पुरा पढ़नुश

धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली

काठमाडौँ ,२७ कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताएका हुन् । ‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ […]

पुरा पढ़नुश

अर्थतन्त्रका कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,२७ कार्तिक  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिती, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, […]

पुरा पढ़नुश

रवि लामिछानेको प्रतिक्रिया- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

भैरहवा,२७ कार्तिक  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि लामिछानेले फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघ संज्ञा दिएका छन् । उनले प्रतिक्रिया दिदै भने- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।’ लामिछानेलाई आजै पोखराबाट रुपन्देही लागिएको थियो । पोखराको सूर्य दर्शन सहकारीको रकम […]

पुरा पढ़नुश

चीनमा कारको ठक्करबाट ३५ जनाको मृत्यु

काठमाडौँ ,२७ कार्तिक । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र  ४३ जना घाइते भएको उल्लेख गरेका छन् । चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा […]

पुरा पढ़नुश

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने बुझौं- राष्ट्रपति पौडेल

काठमाडौँ ,२७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप-२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा आह्वान […]

पुरा पढ़नुश

भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँ ,२७ कार्तिक । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेशन नजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको बताएको छ। मणिपुर प्रहरीले […]

पुरा पढ़नुश

दीपक मनाङे पक्राउ

काठमाडौं ,२७ कार्तिक । पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद […]

पुरा पढ़नुश

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ,२७ कार्तिक  । सरकारले आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज सार्बजनिक गरेका हुन् । सरकारका निर्णयहरु:

पुरा पढ़नुश