उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ ,२७ कार्तिक । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । यस्तै ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई पनि […]

पुरा पढ़नुश

एसपी कुमोध ढुंगेलको सक्रियता: पर्सा प्रहरीले ८५ लाखभन्दा बढीको अवैध खुद्रा र औषधि सहित ट्रक नियन्त्रणमा लियो

बिरगंज ,२७ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलको सक्रियतामा पर्सा प्रहरीले ८५ लाखभन्दा बढीको अवैध खुद्रा सामान र औषधि सहित ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा कार्तिक २५ गते राति ९:३० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ०८ स्थित घण्टाघर चोकमा ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै

काठमाडौँ,२७ कार्तिक  । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग […]

पुरा पढ़नुश

रवि लामिछानेलाई आज बुटवल लगिदै

पोखरा,२७ कार्तिक  । सहकारी ठगिको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बुटवल लगिदैछ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही लैजाने तयारी प्रहरीले गरेको छ ।  प्रहरी स्रोतका अनुसार लामिछानेलाई पोखराबाट विमानमा भैरहवा लगिने […]

पुरा पढ़नुश

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो- प्रधानमन्त्री ओली

विराटनगर ,२७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए । अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई […]

पुरा पढ़नुश

वीरगञ्जमा ठुलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

रसीद आलम ,पर्सा,२६ कार्तिक । वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डक चेकपोस्ट नजिक सडकबाट १,२०० एम्पुल डाइजेपाम, १,१८५ एम्पुल फेनारगन, र १,१९५ एम्पुल नुर्फिनसहित २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६६६ नम्बरको बसमा जाँच गर्ने क्रममा लागूऔषधसहित देवानलाई नियन्त्रणमा […]

पुरा पढ़नुश

पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला, भन्सार कार्यालयमा बुझाइयो।

रसीद आलम ,बिरगंज ,२६ कार्तिक। सशस्त्र प्रहरीले पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला पारी भन्सार कार्यालयमा बुझाएको छ। कार्तिक २२ गते बिहान ९:३० बजे पर्साको एकीकृत भन्सार जाँच चौकी (ICP) को परिसरभित्र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साबाट खटिएको टोलीले एउटै नम्बर प्लेट युपि ४० टि ९४४०भएका दुईवटा भारतीय ट्रक […]

पुरा पढ़नुश

पर्सा जिल्लाका सिडिओ अर्यालको निर्देशनमा सरकारी कार्यालयहरूको अनुगमन, अनुपस्थित र ढिलो आउने कर्मचारीलाई कारबाहीको चेतावनी।

पर्सा,२६ कार्तिक। पर्सा जिल्लाका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको निर्देशनमा जिल्ला प्रशासन कार्यालयका टोलिले जिल्लाका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले गरेको अनुगमनका क्रममा भूमी सुधार तथा मालपोत कार्यालयमा ५१ दरबन्दीका लागि ५६ जना कर्मचारी नियुक्त भए पनि ३ जना अनुपस्थित र २१ जना ढिलो गरी कार्यालय […]

पुरा पढ़नुश

बिरगंजमा देहव्यापारको आरोपमा १० महिला र ५ पुरुषसहित १५ जना पक्राउ।

बिरगंज, २६ कार्तिक — पर्सा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी इनर्वाको संयुक्त अपरेसनमा बिरगंज महानगरपालिका-१६ भन्सार क्षेत्रबाट देहव्यापार गराएको आरोपमा १० महिला र ५ पुरुषसहित १५ जनालाई पक्राउ गरिएको छ। बिर्ता प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा भएको यो अपरेसनले देहव्यापारमा संलग्न रहेको आशंकामा १५ जनालाई पक्राउ गरिएको छ।स्थानीयवासीले पर्सा प्रहरी […]

पुरा पढ़नुश

इन्टरपोलको ९२औं महासभामा सहभागी प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं ,२६ कार्तिक ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ। संयुक्त अधिराज्यको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सम्पन्न उक्त महासभामा कुँवरसहित इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको समेत सहभागिता रहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुँवरलाई स्वागत गर्न प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकसहित वरिष्ठ प्रहरी […]

पुरा पढ़नुश